पोखरामा आठौं हिसान स्पोर्टस् मिट–२०७१ जारी

पोखरा
हिसान कास्कीको आयोजनामा पोखरा रड्डशालामा जारी आठौँ हिसान स्पोर्टस् मिट २०७१ अन्तर्गत भलिबलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।छात्र भलिबलको पहलिो  क्वाटरफाइनल खेलमा पोखरा उमाविले स्पाइरल ग्यालेक्सीलाई २–१, दोस्रो खेलमा पोखरा मल्टिमोडल उमाविले स्टेप बाई स्टेप उमाविलाई २–०, तेस्रो खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले सगरमाथा उमाविलाई २–० तथा चौथो खेलमा मदरल्याण्ड उमाविले ग्लोबल कलेजियट उमाविलाई सोझो २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
यस्तै छात्रातर्फको पहिलो क्वाटरफाइनल खेलमा माउण्ट अन्नपूर्ण उमाविले सृजना उमाविलाई २–०, दोस्रो खेलमा स्टेप बाई स्टेप उमाविले लिटिल स्टेप उमाविलाई २–०, तेस्रो खेलमा केफ उमाविले मदरल्याण्ड उमाविलाई २–० तथा चौथो खेलमा पोखरा उमाविले सगरमाथापा उमाविलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
आइतबार बिहान छात्रतर्फ पोखरा उमावि र पोखरा मल्टिमोड उमाविबीच पहिलो तथा माउण्ट अन्नपूर्ण क्याम्पस र मदरल्याण्ड उमाविबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। यस्तै छात्रातर्फ स्टेप बाई स्टेप उमावि र केफ उमाविबीच पहिलो तथा माउण्ट अन्नपूर्ण उमावि र पोखरा उमाविबीच दोस्रो सेमिफाइनल खेल हुने भलिबल खेल संयोजक दिवाकर जैसीले जानकारी दिए।
बस्कटेबलमा छात्रातर्फ सगरमाथा उमावि र माउण्ट अन्नपूर्ण उमावि फाइनलमा प्रवेश गरेका छन् भने तेस्रो स्थानको लागि भएकोखेलमा केफ उमाविले ग्लोबल कलेजियट उमाविलाई २०–१८ ले पराजित ग¥यो। छात्रतर्फ माउण्ट अन्नपूर्ण उमावि र माउण्ट अन्नपूर्ण क्याम्पसबीच पहिलो तथा लिटिल स्टेप उमावि र सगरमाथा उमाविबीच दोस्रो सेमिफाइनल खेल हुने बास्केटबल खेल संयोजक राजु कायस्थले जानकारी दिए।
टेबुलटेनिस खेलमा सगरमाथा उमाविका स्वेच्छा अधिकारी र पोखरा उमाविका कविता थापा छात्रातर्फको फाइनलमा प्रवेश गरेका छन्। सृजना उमाविका प्रज्ञा पोखरेल र सगरमाथा उमाविका कविता अधिकारी तृतीय भएका छन्।
डबल्सतर्फ ग्लोबल कलेजियट उमाविका शर्मिला गुरुङ र करिश्मा गुरुङको जोडी तथा सृजना उमाविका प्रज्ञा पोखरेल र कृति राजभण्डारीको जोडी फाइनलमा प्रवेश गरेको छ भने सगरमाथा उमाविका स्वेच्छा अधिकारीको जोडी तथा छायाँ थापा तथा माउण्ट अन्नपूर्ण क्याम्पसका प्रमिला गुरुङ र इन्द्र दुराको जोडी तृतीय भएको छ।
छात्र सिड्डलतर्फ ग्लोबलका मोविन आचार्य, पोखरा उमाविका सागर अधिकारी, माउण्ट अन्नपूर्ण क्यामपसका अनुश कुँवर र ग्लोबलका कुन्दन पन्त सेमिफाइनलमा प्रवेश गरेका छन्।
डबल्सतर्फ पोखरा उमाविका सुवोध ढकाल र रमेश बनियाँको जोडी फाइनलमा प्रवेश गरेको छ भने एलए उमाविका सुमेश लामा र यामिल श्रेष्ठको जोडी तृतीय भएको छ। यस्तै माउण्ट अन्नपूर्ण क्याम्पसका अनुश कुँवर र मिलन गुरुङको जोडी तथा सगरमाथाका प्रकाश गुरुङ र आशिष गुरुङको जोडी सेमिफाइनलमा प्रवेश गरेको खेलसंयोजक उत्तम जोशीले जानकारी दिए। आइतबार सबै खेलको फाइनलका साथै दिउँसो दुई बजे समापन कार्यक्रम हुने हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए।
हिसान कास्कीमा संलग्न ४५ उच्च मावि का कक्षा ११ र १२ मा अध्ययनरत झण्डै एक हजार पाँच सय विद्यार्थी सहभागी हुने स्पोर्टस् मिटमा बास्केटबलमा छात्रतर्फ २०, छात्रातर्फ ८, भलिबलमा छात्रतर्फ १६, छात्रातर्फ १३ टीमको सहभागिता रहेको छ। यस्तै टेबलटेनिसमा छात्र डबलतर्फ १९, सिड्डलतर्फ २१, छात्रा डबलतर्फ १० र सिड्डलतर्फ १४ टीमको सहभागिता रहेको छ।

Comment