डिभिजन टुमा नेपालको हार

cricket photo
नेपालले आइसीसी बिश्व क्रिकेट लिग डिभिजन टुुमा पराजयको सामना गरेको छ । शनीबार नामीबीयाको आफइस पार्क क्रिकेट मैदानमा भएको खेलमा युगान्डाले नेपाललाई  दुइ रनले  पराजित गर्यो  । युगान्डाले छाडेको १४७ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम बलमा १० औ विकेट गुमाउदै १४४ रनमा सिमित रह्यो । अन्तिम बलमा बसन्त रेग्मीलाई सेबान्जाले आउट गरे । बसन्तले  १५ रन जोडे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३४,सुबास खकुरेलले ३२ तथा नरेस बुढाऐरले १६ रनको योगदान गर्दै जितको आधार खडा गरे पनि मध्यक्रम ध्वस्त भएको थियो ।   त्यस पछि हारको नजीक पुगेको नेपालले ४८ औ ओभरमा १३ रन जोडे पछि जितको सम्भावना बढेको थियो । त्यस ओभरमा शक्ति गौचनले दुइ छक्का प्रहार गरे । शक्तिले १९ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको युगान्डाले एक बल बाकी रहदा सम्पूर्ण विकेट गुमाउदै १४६ रनको योगफल खडा गर्यो । युगान्डाका लागि ब्राइन मासाबाले सर्वाधीक ४३ रनको योगदान गरे । यसैगरी, डेविड कर्सानीले २३ रन जोडे । यी दुइले पाचौ विकेटका लागि ६५ रनको साझेदारी गरे ।
नेपालका पारस खड्काले नौ ओभरमा १४ रन खर्चीदै तीन विकेट लिए । बसन्त रेग्मीले १० ओभरमा १९ रन खर्चीदै  दुइ विकेट लिए । सोमपाल कामीले ९.५ ओभरमा ३१ रन खर्चीदै दुइ विकेट लिए । शक्ति गौचनले एक विकेट लिए ।

Comment