विशिष्ट व्यक्तिको सुरक्षालाई जुडो तालिम


मुलुकका अत्ति विशिष्ट व्यक्तिको सुरक्षाका लागि श्री अत्ति विशिष्ट व्यक्ति सुरक्षा निर्देशालय जुडो क्लबका जुडो तालिम शुक्रबारदेखि सुरु भएको छ ।
तालिममा विभिन्न १५ गणबाट छनोट गरिएका ३० जना सहभागी छन् र उनीहरुलाई आर्मीका जुडो प्रशिक्षक कविराज घमले तालिम दिने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र महासेनानी विष्णुकुमार खड्काले तालिमको संयुक्त उद्घाटन गरे ।

 

Comment