पाँच किमी छात्रछात्रा तथा १० किमी खुल्ला पुरुष दौड माघ २० गते

Manoj Shiama
15 January, 2015 9:36 pm

पोखरा
६४ औं मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीले शनिबार पोखरामा गर्ने भनिएको छात्रछात्रा पाँच किमी, १० किमी खुल्ला पुरुष दौड तथा चार सय मिटर ह्वीलचेयर दौड स्थगित भएको छ। स्थगित खेल आगामी माघ २० गते हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीका संयोजक ऋषिराम गौतमले जानकारी दिए।

मुलुकमा उत्पन्न वर्तमान असहज परिस्थितिका कारण प्रतियोगिता माघ २० गतेलाई सारिएको
कार्यक्रम संयोजक एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य राजेशकुमार गुरुङले जानकारी दिए। प्रतियोगिताको उद्घाटन र पुरस्कार वितरण एकेडेमीका संरक्षक एवं नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले गर्ने उनले बताए।

पोखरा रड्डशालामा हुने १० किमी खुल्ला पुरुष दौडमा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीयलाई नगद १० हजार र तृतीय हुनेलाई नगद सात हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए। १० किमी दौडको रुट पछि तय गरिने भएको छ।

यस्तै छात्रछात्रा पाँच किमी दौड र चार सय मिटर ह्वीलचेयर दौडको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ। पोखरा रड्डशालाबाट सुरु भई पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, आलुमाइलाचोक, सिद्धार्थ चोक, नयाँबजार हुँदै पृथ्वीचोक, बुद्धचोक, अमरसिंहचोक, औद्योगिक क्षेत्र, रामबजार हुँदै पुनः पोखरा रड्डशालामै आएर टुड्डिने सो प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीय हुनेलाई नगद सात हजार र तृतीय हुनेलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
यसैगरी पोखरा रड्डशालामै हुने चार सय मिटर ह्वीलचेयर दौडमा प्रथम हुनेलाई नगद सात हजार, द्वितीय हुनेलाई नगद पाँच हजार र तृतीय हुनेलाई नगद तीनहजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।