संघर्ष समितिको संयोजकमा दावा

dawa
एसियाली प्यासिफिक सितोरियो कराते महासंघका प्रथम उपाध्यक्ष समेत रहेका  दावा गुरुङको संयोजकत्वमा १ सय ५१ सदस्यीय खेलकुद अधिकार संरक्षण संघर्ष समिति गठन गरिएको छ ।
सातबोटोमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिइयो । समितिले खेलकुदलाई नयाँ संविधानमा मौलिक हकका रुपमा स्थापित गरी सोहीका आधारमा खेलकुदको पुर्नसंरचना गर्न १३ बुँदे सुझाव तथा माग पत्र समेत पेश गरेको छ । समितिले प्रधानमन्त्री र संविधानसभा अध्यक्ष मार्फत मातहतका सबै सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।

Comment