जुडो सेमिनार

नेपाल जुडो संघको आयोजनामा रेफ्री तथा कोचिङ सेमिनार शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।
एकदिने सेमिनारमा विभिन्न २३ टिमका ४० जनाको सहभागिता रहेको जुडो संघले जनाएको छ । उनीहरुलाई अन्तर्राष्ट्रिय रेफ्री खड्गबहादुर दाहाल, रेफ्री निर्देशक वीरेन्द्र रन्जित, अन्तर्राष्ट्रिय रेफ्री धर्मकुमार श्रेष्ठ, पृथ्वी आलोक, सूर्यनारायण श्रेष्ठ, चन्द्र डंगोल र मनोजबहादुर केसीले प्रशिक्षण दिएका थिए ।
सहभागीलाई अन्तर्राष्ट्रिय स्तरमै जुडोमा परिवर्तित नयाँ नियमका बारेमा जानकारी गराइएको थियो । उक्त नियम शनिबारदेखि जुडो संघकै आयोजनामा हुने आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय जुडो प्रतियोगतादेखि लागू गर्न लागिएको जुडो संघले जनाएको छ । सेमिनारको जुडो संघका केन्द्रीय अध्यक्ष दीपकहर्ष वज्राचार्यले उद्घाटन गरेका थिए ।

Comment