राष्ट्रिय महिला तेक्वान्दो माघमा

nanda
नेपाल तेक्वान्दो संघअन्तर्गत महिला सशक्तिकरण व्यवस्थापन समितिको आयोजनामा प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता माघ २३ गतेदेखि हुने भएको छ ।
तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजककी अध्यक्ष एवं संयोजक नन्दा बस्यालले जानकारी गराइन् ।
पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी क्लब, एपीएफ क्लब र विश्वविद्यालय गरी ९ टिमका ९० खेलाडीले विभिन्न १० तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगता सञ्चालन गर्न करिब १८ लाख, १४ हजार ७ सय रुपैयाँ खर्च हुने बताइएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको यस खाले प्रतियोगितामा प्रशिक्षक तथा रेफ्रि पनि महिला नै हुने छन् । नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुंगले प्रतियोगिता नेपाल तेक्वान्दो संघ मातहतको संघले गरेको कारण अफीसियल प्रतियोगिता  भएको बताए । कार्यक्रममा बरिष्ठ प्रशिक्षक अर्जुन बिक र मिन थापाको साथै तेक्वान्दो संघका सदस्य नबीन श्रेष्ठ र बद्री घिमिरेको पनि उपस्थिती थियो ।

Comment