पारा जुडोमा आदित्यलाई स्वर्ण


भारतको गुजरातमा भइरहेको अन्तर्राष्ट्रिय दृष्टिविहीन पारा जुडो प्रतियोगितामा नेपालका अदित्य शेर्पाले स्वर्ण जितेका छन् । नेपाल र भारतका ४ राज्यका खेलाडी सहभागी प्रतियोगिताको पुरुष ६६ केजीमा आदित्यले भारतका जोन मकवानलाई इप्पोनमा पराजित गर्दै स्वर्ण जितेको टोली नेता एवं नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
श्रेष्ठले जनाए अनुसार पुरुष ६० केजीमा प्रकाश पाण्डे र ७३ केजीमा मनोज भट्टले पनि नेपाललाई रजत दिलाएका छन् । टिम प्रशिक्षकमा मोहन सुनुवार छन् । शनिबारदेखि सुरु प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । नेपालको खेल भने सकिएको छ ।

Comment