जुडो टोली फर्कियो


थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी भइ ५ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली सोमबार स्वदेश फर्किएको छ ।
जुलाई २९ र ३० तारिखमा भएको प्रतियोगितामा दुई पुरुष खेलाडीले कांस्य जिते । ६० केजीमुनि उमेश मगर र ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले कांस्य जितेका हुन् । महिला ६३ केजीमुनि ओलम्पियन फुपुल्हामु खत्री, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि सुनीता मगर ताम्राकारले नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनीहरु पदकविहीन बने । इन्द्र विगत दुइ बर्ष देखि नेपाली जुडोका प्रतिभासाली खेलाडीको रुपमा रहेका छन् भने उमेस पछि पछिल्लो समय स्थापीत खेलाडी हुन् । उमेसको यो सफलतामा नेपाली जुडोका परिचित स्टार रमेस मगरको ब्यक्तिगत र खेल जिवन दवैमा रहेको अभिभावकको रुपमा रहेको भुमिका समेत अर्थपूर्ण छ ।
टिम व्यवस्थापकमा धर्मरत्न पछाईं तथा प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेका थिए । टोलीलाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठलगायतका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Comment