जुडो टोली बैंकक जाने


थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।
जुलाई २९ र ३० तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि उमेश मगर र ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ६३ केजीमुनि फुपुल्हामु खत्री, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि सुनीता मगर ताम्राकारले प्रतिस्पर्धा गर्नेछन् ।
टिम व्यवस्थापकमा धर्मरत्न पछाईं तथा प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

 

Comment