जुडो खेलाडी युविन अस्ट्रेलियातर्फ

Manoj Shiama
15 July, 2017 12:05 am

जुडो खेलाडी युविन श्रेष्ठ उच्च शिक्षाका लागि शुक्रबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गरेका छन् । उनलाई नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, कोषाध्यक्ष समेत रहेका उनका पिता विपिन श्रेष्ठ, राष्ट्रिय टिमकी खेलाडी ओलम्पियन फुपु ल्हामुखत्रीलगायत खेलाडी, पदाधिकारी, प्रशिक्षक, युविनका प्रशिक्षक इन्द्र डंगोललगायतले शुक्रबारै केन्द्रीय जुडो प्रशिक्षण केन्द्रमा बिदाइ गरे ।युविन सिड्नीस्थित वेन्टवर्थ इन्स्टिच्यूटमा स्नातक तहको प्रोफेसनल एकाउन्टिङ अध्ययनका लागि सिड्नी गएका हुन् ।