नेपाली जुडो खेलाडीले शनिबार प्रतिस्पर्धा गर्ने

Manoj Shiama
13 July, 2017 11:38 pm

किर्गिस्ताको बिस्केकमा जारी १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट सहभागी तीन खेलाडीले एकै दिन शनिबार प्रतिस्पर्धा गर्ने छन् ।नेपालकी मनीता श्रेष्ठ प्रधानले भारतकी सावित्रीसंग महिला ५७ केजी, नेपालका किरण गडेलले इरानकी सेदिघीसंग पुरुष ६० केजी तथा नेपालका इन्द्र श्रेष्ठले काजाकस्तानका तुर्दुबइभसंग प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ ।