मध्यपश्चिम र सुदूरको दोहोरो जित

मध्यपश्चिम र सुदूरको दोहोरो जित मध्यपश्चिमाञ्चल विश्व विद्यालय र सुदूरपश्चिमाञ्च विश्व विद्यालयले दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदको पहिलो दिन बिहीबार छात्र भलिबलतर्फ दोहोरो जित हात पारेका छन् । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतिस्पर्धामा मध्यपश्चिमाञ्चल संस्कृत विश्व विद्यालयलाई २५–११ र २५–११ तथा काठमाडौं विश्व विद्यालयलाई २५–१५ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो । सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चल विश्व विद्यालयलाई २५–१९ र २५–१० तथा कृषि तथा वन विश्व विद्यालयललाई २५–१७ र २५–१४ को सीधा सेटमा हरायो । अन्य लिग खेलमा काठमाडौंले पोखरा विश्व विद्यालयलाई २५–१४, १८–२५ र २५–२१ तथा त्रिभूवन विश्व विद्यालयले कृषिलाई २५–११ र २५–१७ को सोझो सेटमा पन्छाए ।टेबलटेनिस ः निशा र दिब्या फाइनलमा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको टेबलटेनिसको छात्रा डबल्समा कृषिका निशा श्रेष्ठ र दिब्या श्रेष्ठको जोडी फाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले पोखराका रितिका श्रेष्ठ र ईश्वरी गुरुङको जोडीलाई ११–६, ७–११ र ११–८ को सेटमा पाखा लगाउदै काठमाडौंका दीपिका श्रेष्ठ र इशिका रेग्मीको जोडीसंग उपाधि भेट पक्का गरे । अर्को सेमिफाइनलमा दीपिका र इशिकाको जोडीले त्रिभूवनका सुनिता लिगल र अनुषा शाक्यको जोडीलाई ११–७ र ११–८ को सोझो सेटमा पन्छाएका थिए । छात्र सिंगल्समा काठमाडौंका करण राई, मध्यपश्चिमाञ्चलका रोशन चौलागाईं, त्रिभूवनका भावुक जोशी र पोखराका विवेक कवन सुपर लिगमा प्रवेश गरेका छन् । छात्रा सिंगल्समा सुपर लिग पुग्नेमा काठमाडौंकी इशिका रेग्मी, कृषिकी दिब्या श्रेष्ठ, काठमाडौंकी दीपिका श्रेष्ठ र कृषिकी निशा श्रेष्ठ छन् । प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले भलिबल रेफ्री अशोक थापालाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश छन् । भलिबलमा ८ विश्व विद्यालयका ८ छात्र टिम मात्र सहभागी छन् । ब्याडमिन्टन र टेबलटेनिसको छात्रमा ९ विश्व विद्यालय तथा छात्रामा ७ विश्वविद्यालयबाट समान ४–४ छात्र÷छात्रा सहभागी छन् ।

Comment