राजधानी आर्चरी च्याम्पियनसिप शुक्रबारदेखि

राजधानी आर्चरी च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शुक्रबार र शनिवार हुँदैछ । राजधानी न्युज पब्लिकेशनको १७ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ । ट्रेडिस्नल एन्ड स्ट्यान्डर्ड बो, रिकभ र कम्पाउन्ड विधामा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पत्येक इभेन्टका महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीले समान ५० हजार नगद पुरस्का पाउँने छन् । त्यसैगरि रजत विजेता खलाडीले २५ हजार र काश्य विजेता खेलाडीले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
नेपाल आर्चसी संघको प्राविधिक सहयोगमा राजधानी न्युजि पब्लिकेशनको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजक रुस्लानले गरेको छ । प्रतियोगितालाई दि बेष्ट आर्चरी र नेपाल आइस नेचरले सपोट गरेका छन् । त्यसैगरि अफिसियल बैंकका रुपमा प्रभु बैंक रहेको छ भन अफिसिलय रेमिटका रुपमा आइएमी रहेको छ ।
प्रतियोगिताको खुला ट्रेडिस्नले पुरुषतर्फको इभेन्टमा सबैभन्दा बढि ३६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपाल छन्त्याल समाज, कास्की, अन्नपूर्ण आर्चरी क्लब, दि बेष्ट आर्चरी, थासाङ स्पोर्टस स्पोर्टस क्लब, थकाली सेवा समाज, मनाङ मस्याङ्दी क्लब, बेनी स्पोर्टस क्लब, म्याग्दि मगर समाद, पोखरा, एचविवाइसी, नेपाल छन्त्याल क्लब, छन्त्याल एसोसिएसन, युनाइटे मुस्ताङ क्लब, नेपाल आर्मी,राजधानी र कास्कीको टिमको सहभागिता रहेको छ ।

 

Comment