कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा रेसमा राजन खत्री पहिलो

नेपाल आर्मीका राजन खत्रीले पहिलो खुल्ला कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा दौडको उपाधि माथि कब्जा जमाएका छन् | नेपाल  माउन्टेन रनिंग  संघको आयोजनामा शनिबार   काठमाडौँ को चोभार देखिसुरु भएर चाल्नाखेल -चार भन्ज्याङ्ग -हातिबन रिसोर्ट -चम्पादेबी हुदै चोभार जलबिनायक मन्दिरमा आएर समापन भएको थियो |त्यस्तै दोस्रो र तेस्रो क्रमश चौथो क्रमश नेपाल आर्मीकै टिका राज कटवाल,हरि रिमाल ,राम जी बस्नेतले बाजी मारेका  छन् |करिब १५.२ कि मि रहेको दौडमा खत्रीले १ घण्टा ३५ मिनेट ,कटवालल १ घण्टा ३८ मिनेट ,रिमालले १ घण्टा ४० मिनेट ,बस्नेतले १ घण्टा ४० मि ५१ से तथापाचौ आउने नबराज साउतले १ घण्टा ४१ मिनेटमा दुरी पार गर्न सफल भएका छन् | पहिलो हुनेले ३० हजार ,दोस्रो हुनेले २० हजार ,तेस्रो हुनेले १५ हजार ,चौथोले ५ हजार र पाचौले पच्चीस सय मेडल सहितप्रमाण पत्र प्राप्त गरे  | राखेपका सदस्य सचिब केशब कुमार बिष्ट, सदस्य उपेन्द्र पौडेल ,नेपाल  माउन्टेन रनिंग  संघका अध्यक्ष संजय पण्डित र नेपाल ओलम्पिक कमिटिका सदस्य निलेन्द्र राज श्रेष्ठलगायतले  पुरस्कार प्रदान गरेका थिए |

Comment