गोल्डेनपिक र एचएचसीएलाई बीएनए कप


गोल्डेनपिक र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । गोल्डेनपिक जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले भ्याली पब्लिकलाई ३६–२५ ले पराजित ग¥यो । गोल्डेनपिकको जितमा पेम्बा छिरिङ शेर्पाले १२ अंक योगदान गरे । जुनियर ब्वाइजमै डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसनल एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो । ओडिसीले लालीगुराँस नेसनल एकेडेमीलाई ३६–२० ले हरायो । ओडिसीका अक्सर गुरुङले १२ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई ९–८ ले पाखा लगायो । एचएचसीएकी सन्जु राईले ६ स्कोर गरिन् । ग्रिनल्यान्डले स्किब्सलाई १०–८ ले हराउदै तेश्रो भयो । ग्रिनल्यान्डकी प्रियंका खनालले ६ अंक बटुलिन् ।
ब्वाइजमा गोल्डेनपिकका पेम्बा ग्याल्जेन शेर्पा र गल्र्समा एचएचसीएकी सन्जु राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा निब्स र गल्र्समा लोयल्टी एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे । ब्वाइजमा दीपज्योति र गल्र्समा मनासलु ‘इमर्जिङ’ टिम चुनिए ।
विजेतालाई टोखा नगरपालिकाका नवनिर्वाचित मेयर प्रकाश अधिकारी, उप मेयर गंगामाया डंगोल, बीएनएका अध्यक्ष प्रवीणकुमार श्रेष्ठ, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ ३ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १६–१६ गरी ३२ टिम सहभागी थिए ।

Comment