प्रथम अन्तरकलेज दुवाथलन शनिबार

नेशनल कलेज, बालुवाटारको बिसौं बार्षिकोत्सवको अवसरमा “प्रथम अन्तरकलेज दुवाथलन प्रतियोगिता” शनिबार हुने भएको छ । नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा उपत्यकाका १७ कलेजहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिता खेलाडीहरुले आयोजक कलेजको प्राङ्गण बालुवाटारबाट दौड सुरु गरि गैरीधारा, टंँगाल हुंदै पुनः कलेजको प्राङ्गण सम्मको १.८ कि.मि. दौड पुरा पश्चात विशालनगर, हाँडीगाउँ, भत्केको पुल, सेतो पुल, नक्साल भगवती मन्दिर हुंदै कलेज सम्मको ८ कि.मि. साईक्लिङ्ग र पुनः १.८ कि.मि.को दौड पुरा गर्नेछन् ।
विजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै प्रायोजकबाट प्राप्त साईकलका सामानहरु प्राप्त गर्ने आयोजक नेशनल कलेजका स्नेहल थापाले जानकारी गराएका छन् । प्रतियोगिता शनिबार विहान ७ ः ०० बजे आयोजना हुनेछ ।

Comment