महिला भलीबल शुक्रबारदेखि

apf press conference
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही २५ देखि  २९ पुषसम्म ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७१’ संचालन हुने भएको छ ।
सशस्त्र प्रहरी बलले दोस्रो पटक संचालन गर्न लागेको उक्त भलिबल प्रतियोगिताको कूल पुरस्कार राशी चार लाख २५ हजार रुपैयाँ तथा ट्रफि रहेको छ । प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनुका साथै यसवर्ष उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार रपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
राष्ट्रिय स्तरको सो प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डाइमण्ड एकेडेमी, श्री चण्डेश्वरी युवा क्लब रामेछाप, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल भलिबल टिम र श्री गाउँ खेलकुद विकास समिति दाङ्गको टिम गरी कूल आठवटा टिमहरुको सहभागिता रहनेछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार     प्रतियोगिताको उद्घाटन खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयको एपीएफ भलिबल कोर्टमा हुनेछ भने अन्य खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुने छन् ।

Comment