लुम्बिनी सेमिफाइनलमा


लुम्बिनी इन्टरनेसनल प्रथम प्रोलिफिक एसइइ विद्यालयस्तरी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीसहित ग्रेट माया ‘ए’, त्रिज्योति ‘ए’ र आयोजक गोल्फुटार युथ कमिटी पनि सेमिफाइनलमा पुगेका छन् ।
ब्वाइजतर्फ एलआरआई, ग्रेट माया, केइएस र मोर्गन सेमिफाइनलमा पुगे । प्रतियोगिताको प्रोलिफिकका प्रिन्सिपल रेशमराज शर्माले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ५० र गल्र्समा १४ टिम सहभागी छन् ।

Comment