बंगलादेश नेभी र आर्मीको विजयी सुरुआत


बंगलादेश नेभीको टोली र बिभागीय टोली त्रीभुवन आर्मी क्लबले शनिबारबाट सुरु भएको चौथो बिशाल मिलन केन्द्र (बिएमके) खुल्ला बास्केटबल प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको एक मात्र बिदेशी टोली नेभीले उद्घाटन खेलमा आयोजक बिएमकेलाई ८८–६१ को स्कोरले पराजित ग¥यो । सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरेको बंगलादेशी टोलीले लगातार तीन सेटमा अग्रता बनाउदै जित हात पा¥यो । आयोजकको टोलीले अन्तिम क्वार्टरमा मात्रै अग्रता बनाएको थियो ।
बंगलादेशको नेभी टोलीले पहिलो क्वार्टरमा ३०–१३, दोस्रो क्वार्टरमा २३–१९ तथा तेस्रो क्वार्टरमा २२–१० को स्कोरमा अग्रता बनाएको थियो । अन्तिम क्वार्टरमा भने बिएमकेले १९–१३ को अग्रता बनाएको थियो । बंगलादेशी टोलीका लागि मिथुन कुमारले सर्बाधिक २९ अंकको योगदान गरे । यस्तै आर्मीले इनोभेटीभ बानेश्वरलाई १०७––६४ को सकोरले पराजित ग¥यो । आर्मीले खेलको सबै क्वार्टरमा अग्रता बनाउन सफल भएको थियो । आर्मी २८–१०, ३४–३०, २२–१४, २३–१० ले बिजयी बनेको हो ।
यस्तै महिलातर्फको प्रतिस्पर्धामा हिमालयन ह्वाईट हाउसले बिजयी सुरुवात गरेको छ । ह्वाईटहाउसले एनसीसीएसलाई ६५–१५ को भारीअन्तरले पराजित ग¥यो । ह्वाईटहाउसले २३–२, १३–५, १६–२, १३–६ ले खेल आफ्नो पक्षमा पारेको हो । ह्वाईट हाउसको जितमा अनुशा मल्ल ठकुरीले सर्बाधिक १६ स्कोरको योगदान गरीन् । नेपालमा निरन्तर रुपमा आयोजना भईरहेको एक मात्र राष्ट्रिय स्तरको खुल्ला प्रतियोगिता बिएमकेमा एक बिदेशीसहित पाँच टोली सहभागी छ भने महिलातर्फ तीन टोलीको सहभागीता रहेको छ ।
राउन्ड रोबिन डवल लिग प्रणालीमा २९ चैतसम्म चल्ने प्रतियोगिताको पुरुषतर्फको बिजेताले ३० हजार तथा उप बिजेताले २० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुषतर्फ मोस्ट भ्यालुएवल घोषित हुने खेलाडीले १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comment