साफ गोजुरियोमा नेपाल दोस्रो

gojurio team
नेपाली गोजुरियो कराते टोलीले बंगलादेशमा सम्पन्न दोस्रो दक्षिण एसियाली गोजुरियो कराते च्याम्पियनसीपमा दोस्रो स्थान हात पारेको छ । प्रतियोगितामा नेपाली टोलीले पाच स्वर्ण पदकका साथै चार रजत र एक काश्य पदक प्राप्त गर्यो । कुबेर खड्काले एकल काता र ७५ किलो तौल समुह कुुमुतेमा स्वर्ण जिते । ७० किलोमा ज्याम बहादुर तामांग,६५ किलोमा सुरज कुश्मी र महिला ५५ किलोमा गंगेश्वरी शाहीले स्वर्ण पदक जिते ।
सन्देश लामाले ४५ किलो,फूर्वा सिह तामांगले ५० किलो,५५ मा नरेस चन्द र ६० किलोमा पवन साहुले रजत पदक जिते। ८४ किलो भन्दा माथिको तौल समुहमा बहादुर सिंह ओडले काश्य पदक जिते । बंगलादेशका खेलकुद मन्त्रीले उद्घाटन गरेको प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्रि पेम्बा तामांग र प्रकास चन्द रेफ्रिको भुमिकामा थिए ।
प्रतियोगितामा बंगलादेश पहिलो, भारत तेस्रो र पाकिस्तान चौथो भए ।

Comment