न्यु भिजन र ग्रामरको विजयी सुरुआत


न्यु भिजन एकेडेमी र ग्रामर पब्लिक स्कुलले प्रथम फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार विजयी सुरुआत गरेका छन् । कोटेश्वरस्थित घरेलु कोर्टमा न्यु भिजनले हिमालयनलाई ३५–२५ ले पराजित ग¥यो । न्यु भिजनको जितमा लक्ष्मी श्रेष्ठले ११ अंक योगदान गरिन् । मिसम राईको ४ अंक सहयोगमा ग्रामरले लाइसियम प्याराडाइसलाई ६–२ ले हरायो । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्ज (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा जेनिअम नेसनल एकेडेमी, हिमालय इङलिस बोर्डिङ स्कुल, स्वर्णिम तारा र ग्रामरले जित हात पारे । जेनिअमले न्यु भिजनको चुनौती ५५–३५ ले पन्छायो । जेनिअमका सुजन कार्कीले १८ अंक जोडे । हिमालयले नेपाल तारा स्कुलमाथि ४६–२५ को सहज जित निकाल्यो । विजेताका हरिकृष्ण थापाले १५ स्कोर गरे ।स्वर्णिम ताराले लाइसियमलाई ४०–२५ ले पन्छायो । स्वर्णिमका सुरज बस्नेत र सुवास महर्जनले समान १३–१३ स्कोर गरे । दीपिका स्कुल विरुद्धको खेलमा ग्रामर ३४–२३ ले विजयी भयो । ग्रामरका सौगात राईले ७ अंक जोडे ।
प्रतियोगिताको फिजमका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पराजुली र सचिव अमृतकुमार खड्काले रेफ्रीद्वय दुर्गाबहादुर थापा र सागर श्रेष्ठलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । आठदिने प्रतियोगिताको ब्वाइजमा १२ र गल्र्समा ८ गरी २० टिम सहभागी छन् ।

Comment