हिमाली कला संघद्धारा अल्ट्रा धाविका मिरा राई सम्मानित


नेपाली अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरि नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले देशको नाम बिश्वमा चिनाउन सफल खेलाडिहरूलाई उत्साहित र उर्जावान बनाउनको लागि सञ्चारकर्मीले कुनैपनि कसर बाँकी नराख्ने बताउदै मिरा राईलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेका हुन् । सभापति धमलाले भने,‘देशको नाम चिनाउनको लागि खेलाडिहरूले ठुलो मेहनत र संघर्ष गरेका छन्, यस्ता प्रतिभाहरूलाई राज्यले पनि हेर्नुपर्छ ।’
उनले अघि थपे,‘मिराजीले पछिल्लो समयमा जित्नु भएको अल्ट्रा म्याराथुनले नेपाललाई विश्वमा चिनाउन सफल हुनुभएको छ, आगामी दिनमा पनि यसरी नै देशको नाम सगरमाथासरी उचाईमा राख्नको लागि लागिरहनु हुनेछ।’उनले फरक प्रसँगमा नेपाली खेलकुद क्षेत्र अनुसासित र मर्यादित बनाउनको लागि राज्यले प्रभावकारी नियम बनउनु पर्ने बताए । उक्त सम्मान कार्यक्रममा मिरा राईका वालाजु कराते एकेडेमिका अध्यक्ष एव्म अन्तराष्ट्रिय रेफ्रि धुव्र विक्रम मल्ल पनि सम्मानित भएका छन् ।
कार्यक्रममा मिरा राईले अझैपनि देशको नामलाई उचाईमा पुर्याउन र भावि पुस्ताका भाईबहिनीलाई पनि उत्साहित बनाउनमा आफु प्रतिवद्ध रहने बताईन ।

Comment