निम्स दोहोरो उपाधिनजिक


आयोजक निम्सको ब्वाइज र गल्र्स दुवै टोली छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।ब्वाइजको सेमिफाइनलमा निम्सले द चाँदबाग स्कुललाई ४८–४० ले पराजित ग¥यो । निम्सको जितमा बुद्ध मगरले १३ अंक योगदान गरे । द स्काइलार्क स्कुलले माउन्ट कैलाशलाई ५३–४७ ले हरायो ।
गल्र्सको सेमिफाइनलमा निम्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई २७–१९ ले पाखा लगायो । निम्स ‘ए’ की मुना बस्नेतले १० अंक जोडिन् । अन्सु गुरुङको ८ अंक सहयोगमा चाँदबागले स्किब्सलाई २६–१८ ले पन्छायो । फाइनल आइतबार हुनेछ ।

Comment