प्राइम र एचएचसीएलाई उपाधि


प्राइम कलेजले प्लस टु ब्वाइज र एचएचसीएले सिनियर ब्वाइजमा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् ।शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको प्लस टु ब्वाइज फाइनलमा प्राइमले जेभियर इन्टरनेसनल कलेजलाई ६१–४० ले पराजित ग¥यो । विजयी टिमका लागि प्रहलाद बस्नेतले १५ अंक योगदान गरे ।सिनियर ब्वाइजको उपाधि भिडन्तमा एचएचसीएले पुष्पसदनलाई ५०–४३ हराउदै लगातार तेश्रोपटक च्याम्पियन बन्यो । एचएचसीएका विशाल राईले २५ अंक जोडे ।प्रतियोगितामा समावेश चार विधा मध्ये बिहीबार नेरिक एकेडेमीले जुनियर ब्वाइज तथा रिलायन्स रेसिडेन्सियल स्कुलले सिनियर गल्र्सको उपाधि जितेका थिए ।प्लस टुमा प्राइमका प्रहलाद बस्नेत, सिनियर ब्वाइजमा एचएचसीएका विशाल राई, जुनियर ब्वाइजमा नेरिकका सुजन खत्री र सिनियर गल्र्समा रिलायन्सकी रिना भण्डारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ज्ञान निकेतनका संरक्षक लीला कुँवर, प्रिन्सिपल शेरबहादुर कुँवर र को–ओर्डिनेटर सञ्जयजित कुँवरले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । माघ १० गतेदेखि सुरु प्रतियोगिताको प्लस टुमा १४, सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा ८–८ टिम सहभागी थिए ।

Comment