निम्स सेमिफाइनलमा


आयोजक निम्सको ‘ए’ र ‘बी’ दुवै टोली छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । निम्स ‘ए’ ले त्रिज्योतिलाई २४–२५ ले पराजित ग¥यो भने निम्स ‘बी’ ले रिलायन्स पब्लिक स्कुललाई १८–१० ले हरायो । जितमा निम्स ‘ए’ की मनीषा तामाङले ८ तथा निम्स ‘बी’ की निकी सार्कीले पनि ८ अंक योगदान गरे ।
सिनियर गल्र्समै द चाँदबाग स्कुल र स्किब्स पनि सेमिफाइनलमा पुग्न सफल भए । चाँदबागले द स्काइलार्क स्कुललाई २४–१० ले पाखा लगायो । चाँदबागकी अन्सु गुरुङले १२ अंक जोडिन् । पिया चौधरीको ६ अंक सहयोगमा स्किब्सले एपेक्स लाइफलाई १९–१० ले पन्छायो ।
सिनियर ब्वाइजमा माउन्ट कैलाश, निम्स, चाँदबाग र स्काइलार्कले सेमिफाइनलमा स्थान सुरक्षित गरे । माउन्ट कैलाशले जेभियर इन्टरनेसनल स्कुललाई ४९–३०, निम्सले ग्यालेक्सीलाई ४५–२५, चाँदबागले द एक्सेल्सियर स्कुललाई ३३–३२ तथा स्काइलार्कले रेडिअन्टलाई ५३–३५ ले निराश पारे । माउन्ट कैलाशका एलेक्जन्डर लामाले १९, निम्सका बुद्ध मगरले १२, चाँदबागका प्रशान्त गुरुङले २० तथा स्काइलार्कका नमो सुनारले १८ स्कोर गरे ।

Comment