हिसान खेलकुद सप्ताह जारी

हिसान खेलकुद सप्ताह अन्र्तगत विहिवार फुटसल, बास्केटवल, भलिवल, चेस प्रतियोगिता भएका छन् विहिवार भएको छात्रा तर्फको बास्केटबलमा जेभिएर कलेज, गोल्डेनगेट कलेज र सि.सि.आर.सि कलेजले सफलता पाएका छन् । जेभिएरले लिटिल एञ्जल्सलाई ३४–४ , सि.सि.आर.सिले नेपाल मेगालाई १३–११ ,र गोल्डेनगेट कलेजले हिम्स कलेजलाई २४–४ ले हराए । खेलमा जेभिएरकी मिना गुरुङ्गले ८ , सि.सि.आ.सिकी प्रियंका कुवरले ११, तथा गोल्डेनगेटकी स्नेहा श्रेष्ठले १३ स्कोर गरिन् ।
त्यस्तै विहिवारै भएको छात्र तर्फको खेलमा लिटिल एञ्जल्सले ह्वाईट हाउसलाई २७–२१ , हिम्सले मनकामनालाई ३५–२६, गोल्डेनगेटले ग्लोवल कलेजलाई ६६–३४ ले हराएको छ । खेलमा गोल्डेनगेटका शिर्षक श्रेष्ठले १३, हिम्सका पासाङ्ग नोर्वु सेर्पाले २२, लिटिल एञ्जल्सका नविन मगरले ९ स्कोर गरे ।
त्यस्तै विहिवारै भएको भलिवल खेलमा हिमालय कलेज फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा प्रिसियस कलेजलाई २७–२४, २२–२५ र २५–१४, को सेटमा हराउदै हिमालय कलेज फाईनलमा प्रवेश गरेको हो । त्यस्तै विहिवारै भएको क्वाटर फाईनल खेलवाट एन्जलहर्ट कलेज र नवोदित कलेज सेमिफाईनलमा प्रवेस गरेका छन् । एन्जलहर्ट कलेजले ग्लेसियर कलेजलाई २५–१६, २५–२०, नबोदितले ऋत कलेजलाई २५–१५ र २५–८ को सेटमा हराउदै फाईनलमा प्रवेश गरेका हुन् । त्यस्तै खेलकुद सप्ताह अन्र्तगत विहिवार भएको छात्रा तर्पको फुटसलमा गोल्डेनगेट कलेज सेमिफाईनलमा प्रवेस गरेको छ त्यस्तै छात्रा तर्फको अन्य खेलमा टाईम्सले जेभियर लाई पेनाल्टी सुट आउटमा हराएको छ भने पेन्टागनले साईपाललाई ४– १ मा हराएको छ । विहिवारै भएको छात्र तर्फका खेलमा वेलर र सि.सि.आर.सि कलेजले १ – १ को वरावरी तथा मनकामना र ऋत कलेज ० – ०, एञ्जलहार्ट र ग्लोबल कलेज ० – ०, को वरावरीमा खेलका छन् ।
त्यसैगरी के.एम.सीले ग्लोवल कलेजलाई ४–०, हिमालयले पेन्टागनलाई ३–१, हेराल्डले नेपाल मेगालाई ४–१, गोल्डेनगेटले सुप्रिम एकेडेमिलाई ५–०, टाईम्सले जेभियरलाई १ –०, नासाले पेन्टागनलाई ३–२, ह्वाईट हाउसलाई ५–१, गोल्डेनगेटले जेभियरलाई १ –०, जेभियरले सुप्रिमलाई २–०ले हराएको छ । चेस प्रतियोगिता विहिवार पनि जारी रह्यो । हिसान खेलकुद सप्ताह अन्र्तगत शुक्रवार देखि टेवल टेनिस र ब्याडमिन्टन प्रतियोगित संचालन हुनेछन् ।

Comment