नेरिक र रिलायन्सलाई उपाधि

नेरिक एकेडेमी र रिलायन्स रेसिडेन्सियल स्कुलले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । नेरिक जुनियर ब्वाइज र रिलायन्स सिनियर गल्र्समा पहिलो भए ।शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा नेरिकले एन्जल लर्डलाई ३८–२७ ले पराजित ग¥यो । नेरिकको जितमा सुजन खत्रीले २३ अंक योगदान गरे । सिनियर गल्र्सको फाइनलमा रिलायन्सले इनोभेटिभलाई ३२–२८ ले हरायो । रिलायन्सकी रिना भण्डारीले १८ अंक जोडिन् ।
सिनियर ब्वाइजमा पुष्प सदन र एचएचसीए उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा पुष्पसदनले नेरिकलाई ५३–४४ तथा एचएचसीएले भ्याली पब्लिकलाई ४४–३१ ले पाखा लगाए । पुष्प सदनका अभिषेक सिंहले २४ तथा एचएचसीएका विशाल राईले पनि २४ अंक नै जोडे । प्लस टु ब्वाइजको फाइनलमा प्राइम कलेजले जेभियर इन्टरनेसनल कलेज विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Comment