बेबिलन र युलेन्स विजयी


बेबिलन र युलेन्सले छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
बेबिलनले न्यु समिटलाई ४२–१६ ले पराजित ग¥यो । बेबिलनका निकेशले १५ अंक जोडे । युलेन्सले स्वप्न वाटिकालाई ३७–३२ ले हरायो । युलेन्सका सक्षमलाल जोशीले १७ अंक जोडे ।सिनियर गल्र्समा स्किब्स, एआईए र रातो बंगलाले सफलता आत्मासात् गरे । स्किब्सले श्रीदिवालाई १४–१०, एआईएले आयोजक इनोभेटिभ ‘बी’ लाई ११–९ तथा रातो बंगलाले स्वप्न वाटिकालाई १८–१४ ले पन्छाए । स्किब्सकी रिनाले ४, एआईएकी शान्ता कुँवरले ६ र रातो बंगलाकी श्रृष्टि मास्केले १० अंक बनाए ।
जुनियर ब्वाइजमा रेडिअन्टले एआईएलाई ११–४ तथा पुष्पसदनले इनोभेटिभलाई २५–२० ले निराश पारे । रेडिअन्टका राज रोकाले ४ तथा पुष्पसदनका रोजिन महर्जनले १७ अंक जोडे ।

Comment