इनोभेटिभ र ज्ञानोदयको विजयी सुरुआत


आयोजक इनोभेटिभ इङलिस स्कुल ‘ए’ र ज्ञानोदयले छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बुधबार विजयी सुरुआत गरेका छन् ।इनोभेटिभ ‘ए’ ले ग्रिनल्यान्डलाई २०–११ ले पराजित ग¥यो । विजयी टिमका लागि ममता गुरुङले १२ अंक जोडिन् । ज्ञानोदयले एआईएलाई १४–६ ले हरायो । ज्ञानोदयको जितमा मनीषा शेरचनले ४ अंक योगदान गरिन् ।गल्र्सकै अन्य लिग खेलमा ज्ञान निकेतनले रिब्सलाई २१–१२ तथा भ्याली पब्लिकले इनोभेटिभ ‘बी’ लाई २१–१० ले पन्छाए । ज्ञान निकेतनकी डेसी कार्कीले १२ तथा भ्याली पब्लिककी अस्मिता थापा मगरले १० अंक बनाए ।
सिनियर ब्वाइजमा इनोभेटिभले रेडिअन्टलाई ४१–३९ तथा बेबिलनले ज्ञानोदयलाई ३७–२९ ले निराश पारे । इनोभेटिभका ईश्वर सापकोटाले १८ तथा बेबिलनका डेगर राईले २२ स्कोर गरे ।जुनियर ब्वाइजमा रेडिअन्टले ज्ञान निकेतनलाई २४–१४ तथा नवज्योतिले हिमालयलाई ५५–७ ले पन्छाए । रेडिअन्टका सुशान्तले १० तथा नवज्योतिका रमेश पाण्डेले ७ स्कोर गरे ।प्रतियोगिताको आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईं र प्रबन्ध निर्देशक अनन्त कुँवरले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे । माघ २६ गतेसम्म चल्ने प्रतियोगताको सिनियर ब्वाइजमा १२, सिनियर गल्र्समा १६ तथा जुनियर ब्वाइजमा ८ टिम सहभागी छन् ।

Comment