निम्स र स्काइलार्क क्वाटरफाइनलमा


आयोजक निम्सको ‘ए’ टिम र द स्काइलार्क स्कुल छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
टोखास्थित घरेलु कोर्टमा निम्स ‘ए’ ले द चाँदबाग स्कुललाई २८–२० ले पराजित ग¥यो । विजेताकी नेहा धमलाले ८ अंक जोडिन् । स्काइलार्कले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई २३–१० ले हरायो । स्काइलार्ककी सीमामाया राईले १३ अंक जोडिन् ।
गल्र्समै स्किब्सले न्यु अरुणोदयलाई १८–८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । स्किब्सकी पिया चौधरीले ८ स्कोर गरिन् । गल्र्सको क्वाटरफाइनल निम्स ‘ए’ र त्रि ज्योति, रिलायन्स पब्लिक स्कुल र निम्स ‘बी’, स्काइलार्क र चाँदबाग तथा स्किब्स र एपेक्स लाइफबीच हुनेछ ।
ब्वाइजमा स्काइलार्क र चाँदबाग क्वाटरफाइनलमा पुगे । स्काइलार्कले ग्यालेक्सी पब्लिक स्कुललाई ४८–२५ तथा चाँदबागले जेभियर इन्टरनेसनल स्कुललाई २८–१३ ले निराश पारे । स्काइलार्कका सुनील मगरले १४ तथा चाँदबागका प्रशान्त गुरुङले १२ स्कोर गरे ।
ब्वाइजको क्वाटरफाइनल निम्स र ग्यालेक्सी, चाँदबाग र द एक्सेल्सियर स्कुल, स्काइलार्क र रेडिअन्ट तथा माउन्ट कैलाश र जेभियर इन्टरनेसनलबीच हुनेछ ।

Comment