इनोभेटिभ र रिलायन्स फाइनलमा


इनोभेटिभ र रिलायन्स रेसिडेन्सियल स्कुल १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।इनोभेटिभले एचएचसीएलाई २७–२५ ले पराजित ग¥यो । इनोभेटिभकी ममता गुरुङले १५ अंक जोडिन् । रिना भण्डारीको १८ अंक सहयोगमा रिलायन्सले न्यु भिजनलाई ३४–१९ ले हरायो ।जुनियर ब्वाइजमा नेरिक एकेडेमी र एन्जल लर्ड फाइनलमा पुगिसकेका छन् भने प्लस टु ब्वाइजमा प्राइम र जेभियर इन्टरनेसनल कलेजले उपाधि भिडन्त पक्का गरिसकेका छन् ।
सिनियर ब्वाइजमा पुष्पसदनले इनोभेटिभलाई ७१–४१, भ्याली पब्लिकले टीआईएलाई ३९–२७, नेरिकले कौस्तुपलाई ३८–२१ तथा एचएचसीएले ज्ञान निकेतनलाई ४८–३८ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे । पुष्पसदनका चिरन्जिवी रोकायाले २७, भ्याली पब्लिकका राहुल विक, नेरिकका विजय पन्त तथा एचएचसीएका विशाल राईले समान १४–१४ अंक जोडे ।

Comment