हिम्सलाई सफलता

हिसान खेलकुद सप्ताहअन्र्तगत गल्र्स बास्केटबलमा हिम्सले मंगलबार सफलता पाएको छ । हिम्सले नेपाल मेगा कलेजलाई १२–२ ले पराजित ग¥यो । हिम्सकी छेतेन लामाले ७ स्कोर गरिन् ।
ब्वाइज बास्केटबलमा आइन्सटाइनले मेगालाई ४३–२१, रोज बडले ह्वाइटफिल्डलाई ६३–२२, ट्रिनिटीले चाणाक्यलाई ६१–२१ तथा एलएले केएमसीलाई ४९–२५ ले हराए । आइन्सटाइनका डेनियल राईले २९, रोज बडका अभिषेक महर्जनले १४, ट्रिनिटीका श्रवल लामाले १८ र एलएका छिरिङ शेर्पाले २५ स्कोर गरे ।
ऋत एकेडेमी विजयी 
ब्वाइज भलिबलमा ऋत एकेडेमी विजयी भयो । ऋतले सीसीआरसीलाई २५–२२ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो ।
अन्य खेलमा हेराल्डले नेपाल मेगालाई २५–१८ र २५–२२, हिमालय कलेजले ग्लेसियरलाई २६–२४, १५–२५ र २५–१६, पेन्टागनले सीसीआरसीलाई २५–२२, २१–२५ र २५–१३ तथा एन्जल हार्टले टाइम्सलाई २५–१५ र २५–२१ को सेटमा हराए । दुई खेल खेलेको ग्लेसियरले हिमालयन ह्वाइट हाउस विरुद्ध भने २५–१४ र २५–१५ को जित निकाल्यो ।
टग अफ वारको ब्वाइजमा सीसीआरसी पहिलो र ह्वाइटफिल्ड दोश्रो भए । सोही स्पर्धाको गल्र्समा मनकामना पहिलो र ह्वाइटफिल्ड दोश्रो स्थानमा रहे । खेलकुद सप्ताहअन्तर्गत मंगलबारदेखि बुद्धिचाल सुरु भएको छ भने बुधबारदेखि फुटसल हुने आयोजक हिसानले जनाएको छ ।

Comment