एन्जल लर्ड र नेरिक फाइनलमा


एन्जल लर्ड र नेरिक एकेडेमी १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
एन्जल लर्डले आयोजक ज्ञान निकेतनलाई २७–२० ले पराजित ग¥यो । विजयी टिमका लागि नवीन तामाङले १३ अंक जाडे । सुजन खत्रीको १६ अंक सहयोगमा नेरिकले इनोभेटिभलाई ३५–२८ ले हरायो ।
सिनियर गल्र्समा एचएचसीए र रिलायन्स रेसिडेन्सियल स्कुल सेमिफाइनलमा पुगे ।
एचएचसीले न्यु भिजनलाई २९–१६ ले निराश पार्दै समूह ‘ए’ को विजेता बन्यो । एचएचसीएकी अनिता सुनुवारले १६ अंक जोडिन् । रिलायन्सले इनोभेटिभलाई ३३–२५ ले पराजित ग¥यो गर्दै समूह ‘बी’ को विजेता भयो । रिलायन्सकी रिना भण्डारीले १३ अंक बटुलिन् । हारका बावजुद न्यु भिजन र इनोभेटिभ पनि आ–आफ्नो समूहको उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भए ।
सिनियर ब्वाइजमा एचएचसीएले इनोभेटिभलाई ५३–३४ तथा नेरिकले बेबिलनलाई ७८–४३ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एचएचसीएका विशाल राईले १८ तथा नेरिकका विजय पन्तले २५ स्कोर गरे ।

Comment