एपेक्स लाइफ विजयी


एपेक्स लाइफ स्कुलले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार जित हात पारेको छ । एपेक्सले माउन्ट ग्लोरीलाई ६–४ ले पराजित ग¥यो । एपेक्स लाइफको जितमा रेश्मा खड्काले ४ अंक योगदान गरिन् । गल्र्सकै अर्को खेलमा स्काइलार्कले त्रिज्योतिलाई ९–६ ले हरायो । स्काइलार्ककी ललिता चौधरीले ६ अंक बनाइन् ।
प्रतियोगिताको ब्वाइजमा जेभियर इन्टरनेसनल स्कुल, आयोजक निम्स, द एक्सेल्सियर स्कुल र ग्यालेक्सी पब्लिक स्कुलले जित हात पारे ।
जेभियरले रिलायन्स पब्लिक स्कुलमाथि १२–११ को कठिन जित निकाल्यो । जेभियरका सनिश चौहानले ५ स्कोर गरे । निम्सले रेडिअन्टलाई ६४–५४ ले निराश पा¥यो । निम्सका बुद्ध मगरले १८ अंक जोडे ।
रितेश बस्नेतको ९ अंक मद्दतले एक्सेल्सियरले माउन्ट ग्लोरीलाई २४–१९ ले पन्छायो । एपेक्स लाइफ विरुद्धको खेलमा ग्यालेक्सी २३–१८ ले विजयी भयो । ग्यालेक्सीका नितेश बस्नेतले ८ स्कोर गरे ।

Comment