नेपाली आर्चरीको महत्वपूर्ण उपलब्धी

बंगलादेशको ढाकामा जनवरि २६ देखि ३१ सम्म भएको प्रथम अन्तरराष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपालले महिला रिकर्भ टिम इभेन्ट्समा ऐतिहासिक रजत पदक जितेको छ। बंगलादेश आर्चरी माहासंघले आयोजना गरेको उक्त च्याम्पियनसिपमा नेपाल सहित १७ देशहरुले सहभागिता जनाएका थिए ।

सो प्रतियोगितामा पूरुष ५० जना र महिला १८ जना बिभिन्न फरक ४ बिधा अन्तरगत ९ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा नेपालले कम्पाउण्ड पुरुषमा ३ र रिकर्भ महिला तर्फ ३ गरि जम्मा ६ खेलाडीहरु र ३ अफिसियलहरुले भाग लिएका थिए । रिकर्भ महिला टिम इभेन्ट्समा नेपालले अजरबाइजानलाई ६-२ ले हराउदै फाइनल प्रबेश गरेको थियो। फाइनलमा बंगलादेश संग नेपालि टिमले १ सेट मात्र जित्न सक्यो। अन्तमा बंगलादेशले ३ सेट जिति ६ प्वाइन्ट जोडेर नेपाललाई २ प्वाइन्टमा राख्दै नेपालले रजतमा चित्त बुझाउनु परेको हो ।  । नेपालको महिला रिकर्भ टिमले अन्तरराष्ट्रिय स्तरमा जितेको यो पहिलो ऐतिहासिक पदक हो। खेलाडीहरुको चयन हालै सम्पन्न सातौ राष्ट्रिय खेलकुदको नतिजाको आधारमा भएको थियो। महिला रिकर्भ टिम इभेन्ट्स ओलम्पिकमा खेलिने बिधा हो। ओलम्पिकमा समेत सहभागिता जनाइसकेको नेपाली आर्चरी पछिल्लो समय उपलब्धीको बाटोमा अघि बढीरहेको छ  ।

 

Comment