हिसान खेलकुद सप्ताह सुरु


हिसान खेलकुद सप्ताहअन्र्तगत पुरुष भलिबलमा मनकामना, प्रिसियस र नवोदित्तले सोमबार जित हात पारेका छन् । बसुन्धारास्थित ऋृत एकेडेमीमा भएको खेलमा मनाकामनाले हिमालयन ह्वाइट हाउसलाई २५–१२ र २५–१४, प्रिसियसले पेन्टागनलाई २५–१७ र २५–१३ तथा नवोदित्तले हेराल्डलाई २५–१७ र २५–१५ ले पराजित गरे ।
पुरुष बास्केटबलमा आइन्सटाइनले चाणाक्यलाई ५०–२६, मोर्गनले प्रिमियरलाई ४९–१७, हेराल्डले पेन्टागनलाई ३२–१७, जेभियर इन्टरनेसनल कलेजले राइजिङ स्टारलाई ५८–२६ तथा एन्जल्स हार्टले ग्रिनफिल्डलाई ५६–५२ ले हराए । जितमा आइन्सटाइनका किरण राईले १४, मोर्गनका विक्रम बानियाँले ९, हेराल्डका देवराज मगरले १३, जेभियरका अनुज राईले २३ र एन्जल्स हार्टका दीपेश मगरले २४ अंक जोडे ।

Comment