इनोभेटिभ बास्केटबल बुधबारदेखि


इनोभेटिभ इङलिस स्कुलको आयोजनामा छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३६ टिमको सहभागिता रहने इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जुनियर ब्वाइजमा ८, सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्समा १६ टिमको सहभागिता रहने इनोभेटिभका बास्केटबल प्रशिक्षक सुवास दर्शनले जानकारी दिए । चौथो र पाँचौं संस्करणमा समावेश नगरिएको जुनियर ब्वाइज स्पर्धा यो संस्करणदेखि पुनः सुरु गर्न लागिएको हो ।
जुनियर ब्वाइजलाई २ समूह तथा सिनियर ब्वाइज र गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईंले प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने जानकारी गराए । माघ २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा खेलाइनेछ । जुनियर ब्वाइजमा आयोजक इनोभेटिभ तथा सिनियर ब्वाइज र गल्र्समा एचएचसीए डिफेन्डिङ च्याम्पियन हुन् ।

Comment