माउन्ट कैलाश र रेडिअन्त सफल


माउन्ट कैलाश र रेडिअन्तले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार सफलता हात पारेका छन् ।माउन्ट कैलाशले द एक्सेल्सियर स्कुललाई ४१–३० ले पराजित ग¥यो । माउन्ट कैलाशका भूवन बुढाले १० अंक जोडे । रेडिअन्तले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ३६–२५ ले हरायो । विजेताका अकृष्ट शाहीले १२ स्कोर गरे ।
ब्वाइजकै अर्को लिगमा द स्काइलार्क स्कुलले एपेक्स लाइफलाई ३२–२० ले निराश पा¥यो । स्काइलार्कका सुनील मगरले ६ अंक जोडे ।
गल्र्सको समूह चरणको खेलमा किस्कले आयोजक निम्स ‘बी’ लाई १४–६, निम्स ‘ए’ ले बाबालाई २७–१८ तथा रिलायन्स पब्लिक स्कुलले एपेक्स लाइफलाई ८–४ ले पछि पारे । किस्ककी पिया चौधरीले ६, निम्स ‘ए’ की मुना बस्नेतले ८ र रिलायन्स पब्लिककी एनी डंगोलले ६ स्कोर गरिन् ।

Comment