प्राइम फाइनलमा


प्राइम कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेको छ ।
प्राइमले क्यापिल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ५०–४५ ले पराजित ग¥यो । प्राइमका प्रह्लाद बस्नेतले १९ अंक जोडे । उपाधिका लागि प्राइमले बर्नहार्ट विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सिनियर ब्वाइजमा पुष्पसदन, ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिक क्वाटरफाइनलमा पुगे ।
समूह ‘सी’ को लिग खेलमा पुष्पसदनले आयोजक ज्ञान निकेतनलाई ५७–४२ ले हराउदै विजेताका रुपमा क्वाटरफाइनल पुगेको हो । पुष्पसदनका अभिषेक सिंहले २१ अंक जोडे । ज्ञान निकेतन पनि उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो । टीआईएले बेबिलनलाई २४–१२ ले पन्छायो । टीआईएका अमन लिम्बूले ९ स्कोर गरे ।
समूह ‘बी’ को विजेता हुँदै क्वाटरफाइनलमा स्थान बनाएको भ्याली पब्लिकले कौस्तुपलाई ३७–२३ ले पाखा लगायो । भ्याली पब्लिकका राहुल विकले १४ अंक बटुले । कौस्तुप पनि उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश ग¥यो ।
सिनियर गल्र्सको लिग खेलमा इनोभेटिभले ज्ञान निकेतनलाई ३३–२२ ले निराश पा¥यो । इनोभेटिभको जितमा ममता गुरुङले १६ अंक योगदान गरिन् ।

Comment