हिसान खेलकुद सुरु

उच्च माध्यमिक विद्यालय संघ नेपालको आयोजनामा तेश्रो हिसान खेलकुद सप्ताह आइतबारदेखि सुरु भएको छ ।
पहिलो दिन ब्वाइज बास्केटबलमा टाइम्सले नासालाई ४७–३०, ट्रिनिटीले मेगालाई ३५–१६ तथा गोल्डेनगेटले ऋृत एकेडेमीलाई ५१–२१ ले पराजित गरे । टाइम्सका आकाश नकर्मीले १६, ट्रिनिटीका विजय गुरुङले १० तथा गोल्डेनगेटका सुशान्त सुनुवारले ८ अंक जोडे ।

Comment