जेभियर फाइनलमा

जेभियर इन्टरनेसनल कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेको छ ।
शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा जेभियरले बर्नहार्टलाई ५०–३८ ले पराजित ग¥यो । जेभियरको जितमा अजंग राईले १५ अंक योगदान गरे । उपाधिका लागि जेभियरले सीसीआरसी र प्राइमबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
सिनियर गल्र्सको लिग खेलमा ज्ञान निकेतनले एभरेष्टलाई २०–९ तथा ज्ञानोदयले एआईएलाई १७–७ ले हराए । ज्ञान निकेतनकी डेसी कार्कीले १७ तथा ज्ञानोदयकी सोनिया गुरुङले ८ अंक जोडे । रिलायन्स रेसिडेन्सियल र इनोभेटिभ पनि आ–आफनो खेलमा विजयी भए ।
सिनियर ब्वाइजमा नेरिकले टीआईएलाई ४८–२३, इनोभेटिभले काठमाडौं जेभियरलाई ३९–२३ तथा पुष्पसदनले ज्ञानोदयलाई ४१–२१ ले निराश पारे ।

Comment