निम्सको दोहोरो जित


आयोजक निम्सले छैटौं जितेन स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ । निम्स ब्वाइज र गल्र्स दुवै स्पर्धामा विजयी भयो ।टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा निम्सले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४६–३० ले पराजित ग¥यो । निम्सका सुजन लिम्बूले १४ अंक जोडे । गल्र्समा निम्स ‘बी’ ले न्यु अरुणोदयलाई १७–१४ ले हरायो ।
ब्वइजको अन्य लिगमा द चाँदबागले रिलायन्स पब्लिक स्कुललाई ४१–२० तथा माउन्ट कैलाशले माउन्ट ग्लोरीलाई ३१–२१ ले पन्छाए । चाँदबागका प्रशान्त गुरुङले १२ तथा माउन्ट कैलाशका देवबहादुर दवाडीले १४ स्कोर गरे ।
गल्र्सको समूह चरणको खेलमा त्रिज्योतिले रिलायन्स इन्टरनेसनललाई १९–१२, चाँदबागले बाबालाई २२–१३ तथा रिलायन्स पब्लिकले माउन्ट ग्लोरीलाई ८–४ ले पराजित गरे । त्रिज्योतिकी कुसुम तामाङले ९, चाँदबागकी सोनम डिकीले ९ र रिलायन्सकी एनी बोगटीले ४ अंक बटुले ।
प्रतियोगिताको निम्सकी निर्देशक निकोल ठकुरीले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो अवसरमा कपन टाइगर्सका खेलाडीले तेक्वान्दो ‘डेमोन्सट्रेसन’ प्रस्तुत गरेका थिए ।

Comment