श्रेष्ठ रुष प्रश्थान

नेपाल ओलाम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ आधुनिक खेल पुर्वाधार अवलोकनका लागि रशिया प्रस्थान गरेका छन् ।आगामी तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को तयारीका लागि आवश्यक भौतिक पुर्वाधार निर्माणका लागि यथेष्ट जानकारी लिन एनओसी अध्यक्ष श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल, सहसचिव चुडामणी पौडेल र राष्ट्रिय खेलकुद परिषदका ईन्जीनीयरहरु अरुण उपाध्याय र तिलोत्तम बस्याल सहभागी पाँच सदस्यीय टोली रशिया प्रस्थान गरेको हो ।

‘चिल्ड्रेन गेम्स अर्गनाईजीङ रशिया’को निमन्त्रणामा गएको टोलीले रशियाको खेल पुर्वाधारहरु निरिक्षण गरेर आगामी सागका लागि निर्माण गरिने पुर्वाधारहरुमा त्यसको अनुभव कार्यान्वयन गर्ने अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘सागलाई सफल बनाउन यो भ्रमण फलदायी हुनेछ । रशिया खेल पुर्वाधारमा निकै बलियो देश भएकोले नेपालले त्यसबाट फाईदा लिने अपेक्षा गरेका छौँ ।’उनले आफ्नो मस्कोमा प्रतिनिधिमण्डलले रशियन ओलाम्पिक कमिटिका पदाधिकारी, सरकारी अधिकारी लगायतसंग नेपालको खेल क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गर्ने बताए ।
टोली चार दिनपछी स्वदेश फर्किनेछ ।

Comment