बर्न हार्ट सेमिफाइनलमा

बर्न हार्ट १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।बर्न हार्टले टाइम्सलाई ४९–४१ ले पराजित ग¥यो । बर्न हार्टका सुरज श्रेष्ठले १४ अंक जोडे । बाँकी क्वाटरफाइनल सीसीआरसी र ट्रिनिटी, मोर्गन र जेभियर इन्टरनेसनल तथा प्राइम र ब्लु बर्डबीच शनिबार हुनेछ ।
सिनियर ब्वाइजको लिग खेलमा कौस्तुपले नेपाल सेन्ट्रललाई ४०–३७ ले हरायो । कौस्तुपका लागि विशाल भट्टले १९ अंक जोडे । सिनियर गल्र्समा न्यु भिजनले एआईएलाई २१–११ ले पन्छायो । न्यु भिजनको जितमा लक्ष्मी श्रेष्ठले १७ अंक जोडिन् ।
जुनियर ब्वाइजको महत्वहीन लिग खेलमा ग्रिनफिल्डले काठमाडौं जेभियरलाई १६–११ ले पराजित ग¥यो । ग्रिनफिल्डका उमेश दाहालले ११ स्कोर गरे । उक्त खेल अगावै जुनियर ब्वाइजको सेमिफाइनल समीकरण तयार भइसकेको थियो । सेमिफाइनल इनोभेटिभ र नेरिक तथा एन्जल लर्ड र आयोजक ज्ञान निकेतनबीच हुनेछ ।

Comment