जितेन स्मृति बास्केटबल आइतबारदेखि


नितेन मेमोरियल स्कुल (निम्स) को आयोजनामा छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ गरी जम्मा २४ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निम्सका प्रिन्सिपल ज्ञानेन्द्र कार्कीले जानकारी गराए । ब्वाइज र गल्र्समा समान १२–१२ टिम सहभागी हुनेछन् ।सहभागी टिमलाई ४ समूहमा बाँडेर लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
ब्वाइजमा आयोजक निम्स र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । माघ २३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु टोखास्थित आयोजककै कोर्टमा हुनेछ ।
पत्रकार सम्मेलनमा निम्स विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम ठकुरीले प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ७० हजार खर्च हुने जानकारी दिए । निम्सका बास्केटबल प्रशिक्षक प्रेमसुन्दर होनाले प्राविधिक पक्ष बारे अवगत गराएका थिए ।

Comment