मोर्गन र ट्रिनिटी क्वाटरफाइनलमा


मोर्गन इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।मोर्गनले ओमेगालाई ६२–३६ ले पराजित ग¥यो । मोर्गनका किशोर थपलियाले २४ अंक जोडे । प्रवीण कार्कीको १५ अंक सहयोगमा ट्रिनिटीले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४५–३१ ले हरायो ।
सोही स्पर्धाको अन्य खेलमा ग्रिनफिल्डले आयोजक ज्ञान निकेतनलाई ३२–२७, टाइम्सले रोज बड ५७–५५ तथा जेभियर इन्टरनेसनल कलेजले ब्लु बर्डलाई ५७–३९ ले निराश पारे । जितमा ग्रिनफिल्डका अंकित भण्डारीले १९, टाइम्सका आकाश नकर्मीले २६ र जेभियरका भूपेन रोकाले २२ अंक योगदान गरे ।जुनियर ब्वाइजमा हिमालयले एआईएलाई १६–११ ले पन्छायो भने नेरिकले ज्ञान निकेतनलाई २५–१३ ले हराए । हिमालयका निराजन शाहले १० तथा नेरिकका सुजन खत्रीले ११ स्कोर गरे ।

Comment