ज्ञान निकेतन सेमिफाइनलमा


आयोजक ज्ञान निकेतन १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । ज्ञान निकेतनले एआईएलाई २६–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि जेबिश सारुले ९ अंक जोडे ।जुनियर ब्वाइजमै नेरिक र एन्जल लर्ड पनि सेमिफाइनलमा पुग्न सफल भए । नेरिकले हिमालयलाई ३१–१५ ले हरायो । नेरिकका सुजन खत्रीले २१ अंक बटुले । नवीन तामाङको १६ अंक सहयोगमा एन्जल लर्डले ग्रिनफिल्डलाई २६–२५ ले निराश पा¥यो ।प्लस टुको ब्वाइजमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी), टाइम्स र जेभियर इन्टरनेसनल कलेज क्वाटरफाइनलमा पुगे ।
सीसीआरसीले बर्न हार्टलाई ५५–३४ ले पन्छायो । सीसीआरसीको जितमा आशिष बस्नेतले १४ अंक योगदान गरे । टाइम्सले ट्रिनिटीमाथि ५४–५३ को जित दर्ता ग¥यो । टाइम्सका मीन तामाङले २९ स्कोर गरे । जेभियरले ज्ञान निकेतनमाथि ५३–२४ को आरामदायी जित निकाल्यो । जेभियरका विज्ञान राईले २० अंक जोडे ।
सोही स्पर्धाको अर्को लिग खेलमा रोज बर्डले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ६१–३१ ले हरायो । विजेताका एलिश वज्राचार्यले १९ अंक जोडे ।

Comment