ज्ञान निकेतन र प्राइमको विजयी सुरुआत


आयोजक ज्ञान निकेतन र प्राइमले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् । ज्ञान निकेतनले जुनियर ब्वाइज तथा प्राइमले प्लस टु को ब्वाइजतर्फ जित निकालेका हुन् । शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले हिमालयलाई २०–९ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा जेबिश सारुले ८ अंक योगदान गरे । प्रज्ज्वल महर्जनको १७ अंक सहयोगमा प्राइमले मोर्गनलाई ३८–३२ ले हरायो ।
जुनियर ब्वाइजको अन्य खेलमा इनोभेटिभले काठमाडौं जेभियरलाई २४–१४ तथा नेरिकले एआईएलाई २१–१० ले पन्छाए । इनोभेटिभका कृजल अवालेले १० तथा नेरिकका भूवन खत्रीले ८ स्कोर गरे ।
प्लस टु तर्फ जेभियरले ग्रिनफिल्डलाई ५५–३१, ब्लु बर्डले ज्ञान निकेतनलाई ४७–४३ तथा बर्न हार्टले किस्कलाई ५४–३७ ले निराश पारे । जेभियरका सन्जय राईले २०, ब्लु बर्डका रुपेन्द्र कार्कीले २३ र बर्न हार्टका शिशीर खतिवडाले २२ अंक जोडे ।
प्रतियोगिताको ज्ञान निकेतनकी संरक्षक लीला कुँवरले निर्णायकलाई बल हस्तान्तरण उद्घाटन गरिन् । प्रतियोगिताअन्तर्गत प्लस २ ब्वाइजमा १५ तथा स्कुलतर्फ सिनियर ब्वाइजमा १२, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ गरी जम्मा ४३ टिम सहभागी छन् । फाइनल माघ २० गते हुनेछ ।

Comment