ज्ञान निकेतन बास्केटबल सोमबारदेखि


ज्ञान निकेतन हायर सेकेन्डरी स्कुलको आयोजनामा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न ४ विधामा जम्मा ४३ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । कलेजको प्लस २ ब्वाइजमा १५ टिम तथा स्कुलतर्फ सिनियर ब्वाइजमा १२ टिम, सिनियर गल्र्समा ८ टिम र जुनियर ब्वाइजमा ८ टिमले भाग लिने छन् ।
प्लस २ मा लिभरपुल, सिनियर ब्वाइजमा एचएचसीए, सिनियर गल्र्समा भ्याली पब्लिक तथा जुनियर ब्वाइजमा आयोजक ज्ञान निकेतन डिफेन्डिङ च्याम्पियन हुन् ।लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न ३ लाख भन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको कोर्टमा हुनेछ ।प्रिन्सिपल कुँवरले विभिन्न शैक्षिक संस्थानको आपसी सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै विद्यार्थीहलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिदै आएको बताए ।
ज्ञान निकेतनकी संरक्षक लीला कुँवरले १७ वर्ष अगाडिदेखि सुरु गरिएको प्रतियोगिताको दुई संस्करण बाहेक अन्य सबै संस्करण नियमित रुपमा आयोजना गरिएको जानकारी गराइन् ।

Comment